काठमाडौं । जेनजी आन्दोलनमा आगलागी भएपछि नेपाली कांग्रेसले औपचारिक बैठक कार्यालयमै गरेको छ । आगलागी भएको दश दिनपछि कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालयमै बैठक राखेको हो ।
लाइब्रेरीसहित दस्तावेज भएका स्थान आगो लागेर ध्वस्त भए पनि नेपाली कांग्रेसको पुरानो बैठक हल भने जोगिएको थियो । त्यही हलमा कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी छ ।
बैठकमा सभापति शेरबहादुर देउवासहित कार्यसम्पादन समितिका सदस्यहरू डा। शेखर कोइराला, अर्जुननरसिंह केसीसहित नेताहरू भने सहभागी छैनन् ।
बैठकका निर्णय सार्वजनिक गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
FACEBOOK COMMENTS