काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकिएको स्मार्ट कक्षाकोठा बनाउने कार्य सम्पन्न हुने चरणमा पुगेको बताएको छ ।
महानगरका मेयर बालेन शाहले हाल सबै सामुदायिक बिद्यालयमा पहिल्यै भएका १७७ वटा स्मार्ट बोर्ड र पछिल्लो ठेक्का मार्फत ३१३ वटा स्मार्ट बोर्ड जडान भैसकेको र ५७० वटा बोर्डको लागि सम्बन्धित बिद्यालयमा बजेट निकासा गरिसकेको जानकारी दिएका छन् ।
महानगरका ८७ वटा विद्यालयको लागि आवस्यक १०६० वटा बोर्ड तिहार अगाडी नै जडान हुने र सम्पूर्ण कक्षाकोठालाई स्मार्ट कक्षाकोठाको रुपमा परिणत गर्ने कार्य सम्पन्न हुने बालेनले उल्लेख गरेका छन् । यसबाट सामुदायिक बिद्यालयका ५३ हजारभन्दा बढी बिद्यार्थी लावान्वित हुने उनको दाबि छ ।
बालेनले बालबालिकाहरू पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनीहरूप्रति गर्ने लगानीले मात्रै उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गराउन सक्ने र यसमा सबैको अपनत्व हुन आवश्यक रहेको बताएका छन् ।
FACEBOOK COMMENTS