काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन्।
उनले सुशासन र विकासमा एमालेले ध्यान केन्द्रित गरेको उल्लेख गरे। उनले मनमोहनको पालादेखि २०७४ र अहिले पनि सरकारमा जाँदा धेरै राम्रा काम गरेको बताए।
पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचार उन्मूलन नभएपनि आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे। उनले जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरामा सदैव जोड दिएको बताए।
FACEBOOK COMMENTS