काठमाडौँ– जेन–जी आन्दोलनमा घाइते भएका नुवाकोटका ३६ वर्षीय लक्ष्मण राईको मृत्यु भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचाररत राईको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
राईको मृत्युसँगै २३ र २४ भदौमा भएको जेन–जी आन्दोलमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । आन्दोलनमा २ हजार ३ सय १६ जना घाइते भएका थिए ।
हाल विभिन्न अस्पतालमा ३९ जना घाइको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS