काठमाडौं । काठमाडौंको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन सुरू गरिएको छ ।
वर्षा रोकिएसँगै नागढुंगाबाट पहिलो चरणमा १ सय वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए ।
उनले भने– ‘पहिलो चरणमा थोरै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।’ पृथ्वी राजमार्गको अवरोध पनि हटाउने काम भइरहेको उनले बताए ।
FACEBOOK COMMENTS