काठमाडौं । इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।
स्थानीयबासी मिलन लिम्बुका अनुसार घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत माङसेबुङ–१ गजुरमुखीबाट गम्भीर घाइते गर्भवती महिलासहित ४ जनाको उद्धार गरिएको छ ।
FACEBOOK COMMENTS