काठमाडौं । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।
तर पूरै मनसुन नै भने बहिर्गमन भइनसकेको हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको भने नियमित अनुगमन भइरहेको उनको भनाइ छ ।
उनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा
भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो ।
FACEBOOK COMMENTS