काठमाडौँ । काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ ।
बाढी, पहिरो तथा सम्भावित विपद् जोखिमलाई मध्येनजर गरी यात्रुको सुरक्षाको लागि रातको समयमा विभिन्न नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरने सवारी साधनको आवत जावतमा भने रोक लगाइएको छ ।
पहिरो र बाढीका कारण आवातजावत अवरुद्ध भएका सडकखण्डहरू
१. कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्याङडाँडा तथा बकैया गाउँपालिका ११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ ।
२. मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजार नजिकै रहेको खोलाको पुलमा बाढीको प्रभाव परेकोले सिस्नेरी – काठमाडौँ सडक अवरुद्ध भएको छ ।
३. विपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला , बुलढुंगा र मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवत-जावत अवरुद्ध भएको छ ।
४. कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेन।
५. पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।
६. रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।
७. मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको-फिक्कल गाउँपालिका ६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको छ ।
FACEBOOK COMMENTS