काठमाडौं । सरकारले सार्वजनिक विदा दिए पनि हिमालयन बैंकले विभिन्न शाखा कार्यालयहरू खुला गरेर बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशमा आज सरकारले कोजाग्रत पूर्णिमाको विदा दिएको छ । तर, बैंकले कोशीका विराटनगर, धरान–२, दमक–२ र इनरुवाका शाखा कार्यालय खुल्ला राखेको जानकारी दिएको छ ।
यस्तै, गण्डकी प्रदेशका पृथ्वीचोक, लेखनाथ र राइनास शाखा तथा कर्णाली प्रदेशको सुर्खेत शाखा कार्यालय खुला रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार यी शाखा कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन् । खुला रहने शाखाबाट नगद/चेक जम्मा र भुक्तानी, ईसीसी/आरटीजीएस सुविधा उपलब्ध भएको पनि बैंकले जनाएको छ ।
यो अन्तर्वार्ता पनि पढ्नुहोस्–
अनौपचारिक अर्थतन्त्र बढ्नु ‘डिस्टर्विङ ट्रेण्ड’ हो सरकार गम्भीर बन्नुपर्छ (अन्तर्वार्ता)
FACEBOOK COMMENTS