काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना युवाले आफ्नै आमाको हत्या गरेका छन ।
हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।
५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ ।
गए राति (असोज १९) धारिलो हतियार प्रहार गरी यमबहादुरले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए । यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
FACEBOOK COMMENTS