काठमाडौं । दसैं बिदाका कारण यही असोज १३ गतेदेखि बन्द रहेको शेयरबजार आठ दिनपछि आज खुलेको छ ।
दसैंको बिदा पाँच दिन भए पनि अविरल वर्षाका कारण थप दुई कार्यदिन लम्बिएर आज बजार खुलेको हो । वर्षा र बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिएको थियो । उक्त विदा सकिएपछि आज बजार खुलेको हो ।
लामो विदापछि खुलेको बजार खासै सन्तोषजनक छैन । प्रि–ओपन सेसनमा एक अङ्कले घटेर बन्द भएको बजार नियमित कारोबारमा पनि दोहोरो अङकको गिरावट आएको छ ।
बिहान ११ बजेर २५ मिनेटसम्म बजार झण्डै एक प्रतिशत अर्थात् ०.९१ प्रतिशत (२४.२६ अङ्क) ले घटेर दुई हजार ६३९ विन्दुमा झरेको छ ।
यस अवधिसम्म २५१ कम्पनीका १० लाख ५६ हजार ६१३ कित्ता शेयर ६ हजार ३१९ पटक खरिदबिक्री हुँदा कुल ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दसैंअघिको अन्तिम कारोबार दिन नेप्से ११.५१ अङ्कले बढेर २६६३.५१ विन्दुमा पुगेको थियो । त्यसदिन दुई अर्ब ९१ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
यो पनि पढ्नुहोस्–
जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा
पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन २५ करोडको सीमा खारेज गर्न सुझाव (प्रतिवेदनसहित)
FACEBOOK COMMENTS