काठमाडौं । शेयर बजारमा आज पनि उच्च अङ्कको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बुधबार ४५ दशमलव ३६ अङ्क (१.७४%) ले घटेर नेप्से परिसूचक दुई हजार ५५९ दशमलव ५९ विन्दुमा झरेको छ ।
आज ३३५ कम्पनीका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ६३ हजार ५०९ पटक खरिद बिक्री हुँदा कुल पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचकमा ५८ दशमलव ५५ अङ्क अर्थात् २.१९% को गिरावट आएको थियो । उक्त दिन ३२६ वटा कम्पनीको एक करोड तीन लाख ४५ हजार ९०३ कित्ता शेयर ५५ हजार ४५० पटक खरिदबिक्री हुँदा कुल चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS