काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ गते गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भए प्रमाण ल्याउन चुनौती दिएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले विदेशी सुटर ल्याएर बालबालिकाको हत्या गरिएको दाबी गरे । उनले त्यसको छानबिनको माग गरे ।
“कुनै कानुनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन । आदेश कसले दिएको हो ? हाम्रो अध्यक्षले आदेश दिएको भए प्रमाण ल्याउनुस् । हामी छलफल गर्न तयार छौँ,“ उनले भने ।
ओलीलाई पक्राउ गर्न जेनजीले माग गर्दै आएका छन् । उनले पार्टीका अध्यक्ष ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिए ।
युवा संघले असोज २५ गते काठमाडौंको तीनकुनेमा दिउँसो ३ बजे मोटरसाइकल र्याली गर्ने बस्नेतले बताए ।
FACEBOOK COMMENTS