काठमाडौं । नेकपा एमालेले महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्ने प्रक्रियामा जाने निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको सचिवालय बैठक बारे जानकारी दिदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेतृत्वका विषयमा उठेका विषयमा छिटै महाधिवेशन गरेर सम्बोधन गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले यस बारेमा पार्टीमा स्पष्ट प्रस्ताव ल्याउने समेत बताए ।
त्यस्तै बैठकमा सरकारले देशलाई निर्वाचन तिर होइन थप द्वन्दतिर धकेल्न खोजेको विषयमा छलफल भएको बताउदै ज्ञवालीले सरकारले राजनीतिक दलहरुलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् ।
ज्ञवालीले निर्वाचनमा जाने विषयमा निर्णय गर्ने बताउदै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । उनले आफुहरु विभिन्न दलहरुसँग संवादमा रहेको भन्दै समान धारणा बनाउन प्रयत्न गर्ने बताए ।
उनले नेतृत्व परिवर्तन गर्ने कुरा पार्टीमा उठेको भन्दै संकटको बेलामा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने र युवाहरुको भावनाको पनि सम्मान गर्नुपर्ने अवस्था रहेकोले महाधिवेशनसम्म जादा सबैको विषय सम्बोधन हुने बताए ।
FACEBOOK COMMENTS