काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय टिमको लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ ।
शनिबार क्यानले महिला टिमको मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो ।
क्यानको अनुसार मुख्य प्रशिक्षकको आवेदन दिन इसिबी/सीए लेभल–३ को कोर्ष प्राप्त गरेको हुनुपर्ने र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेटको अनुभव भएकोले आवेदन दिन सक्ने जनाएको छ ।
क्यानले अक्टोबर २५ गतेसम्म आवेदन दिन भनेको छ । क्यानले महिला विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो ।
नेपालले यही जनवरीमा काठमाडौँमा हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।
FACEBOOK COMMENTS