काठमाडौं, साउन १५ – प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो ।
थप ९ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने, ‘थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ। उहाँहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छ।’
यससँगै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रहरी प्रधान कार्यालयको सञ्चार, सवारी शाखा लगायतमा कार्यारत प्रहरीमा कोरोना देखिएको हो ।
FACEBOOK COMMENTS