काठमाडौँ । सर्वोच्च अदालतले जेनजी आन्दोलनपछि असोज २८ गतेदेखि नियमित मुद्धा दर्ता र सुनवाई हुने भएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै सर्वोच्चले भदौ २३ र २४ गतेको घटनापछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य हालसम्म स्थगन रहेकोमा असोज गतेबाट दर्ता एवम् सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने जानकारी दिएको हो ।
सर्वोच्च अदालतले भनेको छ:
मिति २०८२।५।२४ गते यस अदालतमा भएको आगजनी ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट हुन गएको क्षतिको कारण बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य हालसम्म स्थगन भइरहेकोमा आज मिति २०८२ । ०६ । २६ मा बसेको पूर्ण बैठकको निर्णयानुसार यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु मिति २०८२।६।२८ गतेबाट दर्ता एवम् सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।
FACEBOOK COMMENTS