काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने मध्ये बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो सार्वजनिक भएका युवक तेन्जेन दावा प्रहरी नियन्त्रणमा रहेका छन् ।
ुपेस्तोलु देखाउँदै गरेको भिडियो सामाजिक सञ्जाल भाइरल हुन थालेपछि ती युवा आफै प्रहरीको सम्पर्कमा पुगेका हुन् ।
हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एक युवासँग पेस्तोल लिएको देखिएको छ ।
अहिले दावासँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै अहिले मिडिया र सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
FACEBOOK COMMENTS