महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै २९ लाख रुपैयाँ बराबरका पटकासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई विभिन्न प्रकारका पटाकासहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पालको घरमा छापा मारेको थियो ।
‘पालको घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ भेटिएको हो’, उनले भने, ‘अदालतबाट म्याद लिएर विस्फोटक पदार्थ ऐनअनुसार कार्बाही प्रक्रिया अघि बढ्छ ।’ उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिहार नजिकिएसँगै सीमानाकाबाट विस्फोटक पदार्थ भित्रिनसक्ने भन्दै प्रहरी नाकामा निगरानी बढाएको छ ।
FACEBOOK COMMENTS