काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा दायर गरेको छ ।
अख्तियारले अनुसन्धानका क्रममा नगरपालिकाको कारागार रानागाउँ नेटीबजार सडकको ठेक्का प्रक्रियामा मिलोमतो गरेर ठेक्का दिएको प्रमाणित भएको बताउदै विशेष अदालत,मा मुद्धा दायर गरेको जनाएको छ ।
अख्तियारले ८१ लाख ५३ हजार ६३० बिगो कायम गर्दै भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, ईन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत कार्यरत अनिश शाह, कानून अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र थापारसविनरसुदर्शन जेभी, खलगां ४ जाजरकोट र उक्त जेभीका आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिप बहादुर खत्रीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
FACEBOOK COMMENTS