काठमाडौँ । नेपालविरुद्ध कतारले टस जितेको छ ।
ओमानमा जारी आइसीसी पुरुष टी(२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा कतारले टस जितेर पहिला बलिङ राजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईलाई पराजित गरेको थियो भने कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो ।
नेपालले आज टिममा एक परिवर्तन गरेको छ । आज ललित राजबंशीको स्थानमा मोहमद आदीललाई खेलाइएको छ ।
FACEBOOK COMMENTS