काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सात विकेटले जितेको छ । यससँगै भारतले दुई खेलको सिरिज क्लीन स्वीप गरेको छ ।
वेस्ट इन्डिजले खेल जित्नको लागि भारतलाई १२१ रनको लक्ष्य दिएको थियो, जुन भारतीय टोलीले केवल तीन विकेट गुमाएर हासिल गर्यो ।
भारतको लागि दोस्रो इनिङमा केएल राहुलले सर्वाधिक ६० रन बनाए । साई सुदर्शनले पनि ३९ रनको योगदान दिए । वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले दुई विकेट लिए भने जोमेल वारिकनले एक विकेट लिए ।
यस खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङ पाँच विकेटमा ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो । जसमा यशस्वी जैसवालले १७५ र कप्तान शुभमन गिलले १२९ रन बनाएका थिए ।
वेस्ट इन्डिजको पहिलो इनिङ २४८ रनमा समेटियो । त्यसपछि, आगन्तुक टोलीले दोस्रो इनिङमा ३९० रन बनाए, जसले भारतलाई जित्नको लागि १२१ रनको लक्ष्य दिएक ओथियो ।
दोस्रो इनिङमा वेस्ट इन्डिजका लागि जोन क्याम्पबेल र शाई होपले शतक बनाए । आफ्नो टोलीका लागि क्याम्पबेलले सर्वाधिक ११५ रन बनाए भने शाई होपले १०३ रन बनाएका थिए ।
यी दुईसँगै जस्टिन ग्रिभ्सले पनि ५० रन बनाए । दोस्रो इनिङमा भारतका लागि जसप्रीत बुमराह र कुलदीप यादवले तीन–तीन विकेट लिए।
मोहम्मद सिराजले दुई र रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक–एक विकेट लिएका थिए ।
दुई टोलीबीचको पहिलो टेस्ट अहमदाबादमा खेलिएको थियो, जुन भारतले एक इनिङ र १४० रनले जितेको थियो ।
FACEBOOK COMMENTS