काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म आईपीओमा आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमा १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय, ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख २३ हजार ९७५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिनुपर्ने छ ।
यसको बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सीआश्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS