काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको २ लाख ४८ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ४८ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर ३२४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदी तोलाको ३३२५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS