काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखिरहेका छन् । त्यसअघि महासचिव शङ्कर पोखरेलले धारणा राखिसकेका छन् ।
गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि पहिलो पटक बसेको एमालेृको केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशनको मिति तय गर्नेछ ।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसमा आधारित भएर सदस्यहरूले धारणा राख्नेछन् ।
FACEBOOK COMMENTS