काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगले छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको हो ।
छलफल आयोगको कार्यालयमा हुनेछ । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।
FACEBOOK COMMENTS