काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेज लाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ ।
कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि तयार पार्न गरेको सफलताको कदर गर्दै यो अवार्ड प्रदान गरिएको कलेजले जानकारी दिएको छ ।
कलेजका प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले श्रीमती शोभा कँडेलका साथमा उक्त सम्मान ग्रहण गर्दै यो पुरस्कार संस्थाको मात्र नभई ठुलो सपना देख्ने हरेक विद्यार्थीको लागि भएको बताए । उनले ‘यो अवार्डले नेपालमा वास्तविक बेलायती शिक्षा प्रदान गर्ने र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नसक्ने नेतृत्व तयार पार्ने हाम्रो अभियानलाई प्रमाणित गरेको छ । हामी नेपाल र विश्वबीचको सेतु बन्न पाएकोमा गर्व गर्दछौँ,’ भनी आफ्नो विचार व्यक्त गरे ।
उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे, मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, र युनिभर्सिटी अफ ग्रिनीचका वरिष्ठ प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
व्यक्तिगत अवार्डतर्फ, द ब्रिटिश एजुकेसन ग्रुपका अमरदीप मण्डल, द्यभ्न् ग्रुप मार्केटिङ हेड, बेलायती शिक्षाको प्रवद्र्धन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई बढवा दिन पुर्याएको महत्त्वपूर्ण भूमिकाका लागि ‘उत्कृष्ट शैक्षिक मार्केटर अफ द इयर’ बाट सम्मानित भए ।
ब्रिटिश एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिश कलेज ले बेलायतका प्रतिष्ठित लिड्स बेकेट युनिभर्सिटी, ब्रिस्टोल, तथा किल युनिभर्सिटीबाट नेपालमै अन्तर्राष्ट्रिय स्तरका स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
यी कार्यक्रमहरूले व्यवस्थापन, कम्प्युटिङ, र अत्याधुनिक प्रविधिका क्षेत्रमा विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्य राखेको कलेज जानकारी दिएको छ ।
FACEBOOK COMMENTS