काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले देश जोगाउन आफू माफी माग्न र पाउ पर्न तयार रहेको बताएका छन् ।
आज आइतबार पत्रकार सम्मेलन गर्दै उनले भने–
मेरो भनाइ के हो भने मैले जानेर गरेँ, नजानेर गरेँ यो ठाउँमा पुगेँ । तपाइँहरूलाई भनेँ होला । कति जनालाई नामै लिएर भनेँ होला, गाली गरेँ होला । त्यो मेरो बाध्यता थियो । म माफी पनि माग्छु, मैले गल्ती गरेको छ भने झाप्पु हान्दा पनि हुन्छ । तर, म तपाइँहरूसँग पाउ पर्न पनि तयार छु, नेपाल जोगाऔँ, नेपाली जोगाऔँ ।

FACEBOOK COMMENTS