काठमाडौं । दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भएका छन् ।
अमेरिकी नौसेनाको प्यासिफिक फ्लीटले पहिलो घटनामा, एमएच– ६० आर सी हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ । नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमिट्जबाट उडान भरेपछि हेलिकप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा रहेका सबै तीन जना चालक दलका सदस्यहरूलाई उद्धार गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
अमेरिकी नौसेनाले लगभग आधा घण्टा पछि, नियमित अपरेशनको क्रममा युएसएस निमिट्जबाट उडान भर्ने क्रममा बोइङ एफ/ए–१८एफ सुपर हर्नेट लडाकु जेट पनि दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको थियो ।
अमेरिकी नौसेनाको अनुसार, लडाकु जेटमा सवार दुवै चालक दलका सदस्यहरू बाहिर निस्किए र सुरक्षित रूपमा उद्धार गरियो । दुबै घटनाको कारण अनुसन्धान भइरहेको अमेरिकी सेनाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS