काठमाडौँ । आज जारी आइसीसी महिला क्रिकेट विश्वकपको सेमिफाइनलको पहिलो खेल हुदै छ । पहिलो सेमिफाइनलमा इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । यो खेल भारतको गुवाहाटीमा नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुदैछ ।
लिग चरणमा ७ मध्ये ५ जित, एक हार र एक खेलमा अंक बाँडेर इङल्याण्ड दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै दक्षिण अफ्रिकाले लिग चरणमा खेलेका ७ खेलमा ५ जित र २ हार बेहोरेर तेस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।
इङ्ल्यान्डले लिग चरणमा दक्षिण अफ्रिकालाई १० विकेटले पराजित गरेकाले सेमिफाइनलमा त्यस जितको मनोवैज्ञानिक फाइदा इङ्ल्यान्डलाई हुने देखिन्छ ।
महिला क्रिकेट विश्वकपमा अहिलेसम्म इङ्ल्यान्डले १९७३, १९९३, २००९ र २०१७ गरि चार पटक उपाधि जितेको छ । त्यस्तै दक्षिण अफ्रीका भने अहिलेसम्म सेमिफाइनलबाट अगाडी जान सकेको छैन । दक्षिण अफ्रीका यसअघि तीन पटक २०००, २०१७ र २०२२ मा सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।
इङ्ग्ल्याण्डको टिम: एमी जोन्स (विकेटकिपर), ट्यामी ब्यूमोन्ट, हेदर नाइट, नेट साइभर-ब्रन्ट (कप्तान), सोफिया डन्क्ली, डेनियल व्याट-हज, एलिस क्याप्सी, चार्ली डीन, सोफी एक्लेस्टोन, लिन्सी स्मिथ, लरेन बेल ।

दक्षिण अफ्रिकाको टिम: लौरा वोल्वार्ड्ट (कप्तान), ताजमिन ब्रिट्स, सुने लुस, एनेरी डर्कसेन, मारिज्न क्याप, सिनालो जाफ्टा (विकेटकिपर), क्लो ट्रियोन, नादिन डे क्लर्क, मसाबाटा क्लास, अयाबोंगा खाका र नोन्कुलुलेको म्लाबा ।

FACEBOOK COMMENTS