काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सुरु भएको हो । बैठकले बृहत एकता र ध्रुवीकरणबारे निर्णय लिने जनाइएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ ।
कात्तिक १७ गते माओवादीले आयोजक समितिको बैठक पनि बोलाएको छ ।
FACEBOOK COMMENTS