काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज घटेको छ । मंगलबार बजार २७.६४ अंक घटेर २,५९५.२४ विन्दुमा झरेको हो ।
अघिल्लो दिनको कारोबारमा आठ अंक घटेको बजार आज पनि सोही क्रममा रह्यो । बजार घट्दा ३३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । अन्य २१३ कम्पनीको सेयरमूल्य घटेको छ ।
यसदिन पाँच अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक करोड तीन लाख ४३ हजार कित्ता सेयर ४६ हजार ८७५ पटकमा खरिद बिक्री भएको छ ।
माबिलुङ इनर्जी लिमिटेड, फस्ट माइक्रो फाइनान्स लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, सम्पदा लघुवित्त, अभियान लघुवित्त उच्च कमाउने शीर्ष पाँच कम्पनी रहे ।
मुक्तिनाथ कृषि कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रो, एनआईएमबी डिबेन्चर, सानिमा जीआईसी इन्स्योरेन्स धेरै गुमाउने शीर्ष पाँच कम्पनी रहे ।

समूहगत सूचकतर्फ १३ वटै समूहको सेयरमूल्य घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सेयरमूल्य घटेको छ । यसदिन सबैभन्दा धेरै फाइनान्स समूह २.२१ प्रतिशत घटेको छ ।

FACEBOOK COMMENTS