काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन् ।
आज मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनामा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उनले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिए । उनले भने,“सिनेमा समाजको ऐन पनि हो । देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने सिनेमाको ‘कन्टेन्ट’ र ‘स्कृष्ट’ बालियो, सन्देशमुलक, गुणस्तरीय र समाजले रुचाउने हुन जरुरी छ ।”
मन्त्री खरेलले सिनेमाको कथावस्तु, समयसुहाउदो अडियन्समैत्र तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गरे । उनले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाए । मन्त्री खरेलले भने,“देश, जनता र चलचित्रको हितमाा हुने कुनैपनि कामको लागि मन्त्रालयकोतर्फबाट साथ सहयोग रहनेछ । मेरो कार्यकालमा चलचित्र क्षेत्रको हितमा कार्यक्रम र कार्ययोजन ल्याउनुस् मन्त्रीको तर्फबाट कुनै पनि फाइल रोकिने छैन ।”
सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन पनि दिए । उनले भने,“सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल ‘राइट म्यान इन राइट प्लेस’ ल्याउनूस् ।”

उनले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षा लगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजिकरण गर्ने विश्वास व्यक्त गरे ।


FACEBOOK COMMENTS