काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरू भएको छ । आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा एक्स्पा’ सुरू भएको हो ।
एक्स्पोको उद्घाटन मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पा, कर्पोरेट म्यागजिन तथा कर्पोरेट खबरका अध्यक्ष एवम् प्रधानसम्पादक उज्ज्वलजङ्ग शाहलगायतले गरेका थिए ।
आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीहरूले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्त्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको आईआईएफटीका प्रबन्ध निर्देशक शेर्पाले बताए ।
एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । जसमा क्याफे, कार शोरूम, बैंक डिजाइन, नेवारी क्याफे, प्रि–स्कुल, स्पाका विभिन्न प्रोजेक्टहरू छन् । एक्स्पोमा विद्यार्थीहरूले क्याफे र रेष्टुरेन्टको थिममा प्रोजेक्ट बनाएका छन् ।
देश होस वा विदेशमा होस्, इन्टेरियर डिजाइनको भविष्य राम्रो भएकाले उक्त विषय अध्ययन गरेको विद्यार्थीले बताएका छन् ।

एक्स्पोलाई थेसिस र क्याफे गरी दुई समुहमा विभाजन गरिएको छ । १७ जना विद्यार्थी थेसिसमा सहभागी भएका छन् भने ३९ जना विद्यार्थी क्याफेमा सहभागी भएका छन् । क्याफेमा थिममा प्रोजेक्ट बनाएका विद्यार्थीहरू ७ महिना अध्ययन गरेका विद्यार्थीहरू छन् ।

एक्स्पोमा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण पनि गरिएको थियो । चार हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पो भोलि शनिबारसम्म चल्नेछ ।

FACEBOOK COMMENTS