काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा अन्तगतको खेलमा विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यस्तै सेल्टा भिगोका लागि सर्जियो कारेइरा र बोर्जा इगलेसियासले एक एक गोल गरेका थिए ।
यस खेलमा फ्रान्की डी जोंगले ९० मिनेटपछिको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएका थिए ।
त्यस्तै स्पेनिस लिगमा गएराती नै भएको खेलमा रियल म्याड्रिड भने रायो भल्लेकानोसँग गोल रहित बराबरीमा रोकिएको छ ।
बार्सिलोनाको यो जितपछि १२ खेलमा २८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै रियल म्याड्रिडको भने १२ खेलमा ३१ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS