काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको ’मातृभूमि जागरण अभियान, नेपाल’ का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको एमालेले मदन भण्डारी र उनका परिवारलाई अपमान गर्ने काम गरेको आरोप लगाएका हुन् ।
प्रचण्डले भने– ’एमाले मदन भण्डारीको लाइनबाट अलग बाटोमा गएको छ । ओलीले नै मदन भण्डारीलाई बहुविवाह गरेको र सहकारी ठगेको भनेर अपमान गरे । मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई नै सदस्यता नदिने भनेपछि कुन तहको अपमान भएको छ, सजिलै बुझ्न सकिन्छ ।’
प्रचण्डले एमालेलाई दम्भ र अहंकारको घर भएको भन्दै ओलीले आफु जस्तै नेतालाई भित्र्याएको व्यंग्य गरेका थिए ।
FACEBOOK COMMENTS