काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा सबैजसो राजनीतिक प्रणाली अवलबन गरिए पनि असफल भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा नागरिक समूहद्वारा आयोजित ’व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा बोल्दै उनले शासन व्यवस्था आफैमा गलत नहुने, शासन गर्ने पात्रहरूको चरित्रमा यो निर्भर रहने बताए ।
विश्वका विभिन्न देशहरूले नेपालले अवलम्बन गरेकै शासन व्यवस्थामा पनि विकास र समृद्धि हासिल गरेको उदाहरण दिँदै उनल प्रश्न गरे, ’कतै हामी प्रणाली असफल बनाउने प्रयोगशाला त भएनौं ?’
उनले जेन जी आन्दोलनले नागरिक आवाज नसुन्ने सरकारी संस्कारलाई छोटो समयमै सुन्नैपर्ने बनाइदिएको भन्दै यो सकारात्मक रहेको बताए । यद्यपि, आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षति भने अकल्पनीय रहेको भन्दै दु:ख व्यक्त गरे ।
FACEBOOK COMMENTS