काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजार नकारात्मक देखिएको छ ।
आइतबारको कारोबारमा बजार ५.१५ अंक घटेको हो । यससँगै बजार २५४०.५७ विन्दुमा झरेको छ । बजार नकारात्मक रहँदा ७४ कम्पनीको सेयर मूल्य बढेको छ । १६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँबराबरको ७९ लाख ५७ हजार कित्ता सेयर किनेबच भयो । सागर डिस्ट्रिलरी, बुंगल हाइड्रो, बन्दीपुर केवलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले जनाएको छ । भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
रुरु जलविद्युत्, दरमखोला हाइड्रो, पिपुल्स हाइड्रो उच्च गुमाउने शीर्ष कम्पनी रहे । समूहगततर्फ होटेल तथा पर्यटन, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ र अन्य समूह बढ्दा बाँकी समूह राताम्मे देखिए । फाइनान्स समूह सबैभन्दा बढी ०.८७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS