काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २५५० विन्दुमा आएको छ ।
यसदिन कारोबार रकम सामान्य बढेको छ ।
आइतबार तीन अर्ब ८९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार तीन अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।
कारोबारमा आएकामध्ये निर्जीवन बीमा र अन्य समूहगत परिसूचकबाहेक सबै समूह बढेका छन् । निर्जीवन बीमा र अन्य समूहमा ०.५ प्रतिशतभन्दा कमले गिरावट आएको हो ।
यसदिन तीन सय ३५ लगानी उपकरण कारोबारमा आउँदा दुई सय १० वटाको मूल्य बढेको छ । ९७ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ ।

हालै सूचीकरण भएका सागर डिष्टिलरी, बुंगल हाइड्रो, बन्दिपुर केवलकार, झापा इनर्जीको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।

आजैबाट कारोबारमा आएको झापा इनर्जीको मूल्य ९.९९ प्रतिशतसम्म बढेको छ । २९३ रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको मूल्य ३४२ रुपैयाँसम्म पुगेको हो ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य पनि १० प्रतिशतले घटेर सक्रिट ब्रेक लागेको छ । कम्पनीको शेयर पाँच सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

साहस उर्जाको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । कम्पनीको १८ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।
FACEBOOK COMMENTS