काठमाडौँ, श्रावण २२ – पछिल्लो २४ घण्टामा नेपालमा ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ३८९ पुगेको छ। नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ।गौतमका अनुसार काठमाडौं संक्रमण दर बढेको छ ।
FACEBOOK COMMENTS