काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा झरेको छ ।
यसअघि सोमबार सुन तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँले कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार, आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर तीन हनार ९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला तीन हजार एक सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS