काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३८ कम्पनिका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मा कारोबार भएको थियो ।
आज उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारमखोला हाइड्रो र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केवलकार र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ६.०३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी बरुण हाइड्रोको २७ करोड ४० लाखको कारोबार भएको छ भने साहास उर्जाको १९ करोड ६० लाख बराबर कारोबार भएको छ ।

FACEBOOK COMMENTS