काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ ।
सरकारको काम कारवाहीबारे जानकारी गराउने र निर्वाचनको वातावरण बनाउने प्रायोजनार्थ प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठक भर्खर शुरु भएको हो ।
बैठकमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूको प्रतिनिधित्व छ ।
नेपाली कांग्रेसबाट प्रकाशशरण महत, एमालेको तर्फबाट प्रदिप ज्ञवाली र महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन र राजेन्द्र पाण्डे, रास्वपाका गणेश पराजुली बैठकमा सहभागी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधान, जसपा नेपालका प्रकाश अधिकारी, नागरिक उन्मुक्तिका अब्दुल खान, जनता प्रगतिशीलका हृदयश त्रिपाठी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको पनि उपस्थिति छ ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन र संञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल पनि सर्वदलीय बैठकमा सामेल छन् । फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्।

FACEBOOK COMMENTS