काठमाडौं । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।
विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेश मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गरेका थिए लोसपाका नेताले समर्थन जनाए ।
मधेस प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा शून्य मत पर्यो । दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका छन् ।
उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेशसभाको बैठकमा सभामुखविरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो ।

FACEBOOK COMMENTS