काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको युथ भोलेन्टियर फोर्स राष्ट्रको हितका निम्ति गठन गरिएको बताएका छन् ।
शुक्रबार (मंसिर ६) काठमाडौंमा नेसनल युथ भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा उनले यसबाट कसैलाई नतर्सन आग्रह गरे ।
“यो सन्देशसँग नाखुस पनि कतिपय हुन सक्दछन् । यो स्वयंसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,” उनले भने ।
उनले अगाडि भने, “एमालेसँग अहमत राख्ने वा खुदै यो संगठनसँग असहमति राख्नेहरूको पनि जिउधन, अधिकारको रक्षा गर्ने कामका लागि यो गठन भएको हो । यसको अस्तित्व र विकाससँग कोही पनि आत्तिन पर्र्दैन, तर्सिन पर्र्दैन ।”
उनले शान्ति सुव्यवस्थाका निम्ति फोर्स गठन गरिएको जिकिर गरे । राज्यले मात्र शान्ति सुव्यवस्था दिने अवस्था नरहेको उनको भनाइ थियो ।

ओलीले जनता आफैँले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था रहेको बताए । उनले फोर्स हिंसा, तोडफोडविरुद्ध गठन गरिएको उल्लेख गरे ।

FACEBOOK COMMENTS