काठमाडौँ । अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीचको एशेज सिरिजको पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जित हासिल गरेको छ। अष्ट्रेलियाले पहिलो टेस्ट दुई दिनमै जितेको हो ।
अष्ट्रेलियाको पर्थमा खेलिएको पहिलो टेस्टमा इङ्ग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो तर १७२ रनमा अलआउट भएको थियो । जवाफमा अष्ट्रेलिया १३२ रनमा अलआउट भएको थियो ।
इङ्ग्ल्याण्डले दोस्रो इनिङमा १६४ रन बनाएर अष्ट्रेलियालाई २०५ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले २ विकेट गुमाउँदै हासिल गरेको छ ।
दोस्रो इनिङमा अष्ट्रेलियाली ब्याट्सम्यान ट्राभिस हेडले आक्रामक इनिङ खेल्दै ८३ बलमा १२३ रन बनाए ।
यस खेलमा १० विकेट लिएका अष्ट्रेलियाली बलर मिचेल स्टार्कलाई प्लेयर अफ द म्याच बनेका छन् ।

यो जितपछि पाँच टेस्टको सिरिजमा अस्ट्रेलिया १–० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल जनवरी २९ देखि क्यानबेरामा हुने छ ।

FACEBOOK COMMENTS