काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकता नहुने भएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकबाट धेरै विषयमा सहमति हुन नसक्ने भन्दै एकताका निम्ति अघि नबढ्ने निर्णय गरिएको जसपा नेता प्रदीप यादवले जानकारी दिए ।
निर्वाचनका निम्ति चुनावी मोर्चा भने हुन सक्ने सम्भावना रहेको उनले बताए । जसपाले एकताका निम्ति संघीय लोकतान्त्रिक मोर्चासँग आजै छलफल अघि बढाउने भएको छ ।
राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा केही बेरपछि छलफल सुरु हुने नेता यादवले बताए ।
FACEBOOK COMMENTS