काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछाएको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो ।
कर्णालीका लागि पवन सराफले सर्बाधिक २७ रन बनाएका थिए भने मार्क वाटले १७ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने हरमीत सिंह र अविनाश बोहोराले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३९ रन बनाए भने आरिफ सेखले २७ रन बनाए । त्यस्तै हरमित सिंहले १९ र क्रिस लीनले १८ रन बनाएका थिए । त्यसैगरी कर्णालीका बलर कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए ।

यो जितपछि सुदूरपश्चिम रोयल्सले लगातार ३ खेल जितेको छ । सुदूरपश्चिमको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै कर्णाली याक्सले भने ३ खेलमा दोस्रो हार बेहोरेको छ ।


FACEBOOK COMMENTS