काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको हो ।
पोखराका लागि सुमित बर्माले सर्बाधिक ५० रन बनाए भने दिनेश खरेलले ३८, तृत राज दासले २९ र एडम रोसिंगटनले २४ रन बनाएका थिए ।
त्यसैगरी जनकपुरका बलर संजय कृष्णमुर्थीले ३ विकेट लिए भने ललित राजबंशी र अनिल शाहले एक एक विकेट लिए ।
FACEBOOK COMMENTS