काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जानकारी दिँदै हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।
त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
FACEBOOK COMMENTS